Logo

२०८३, कार्तिक २७गते


images
images

कालिका मानवज्ञान माविका शिक्षक कंडेल उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित

कालिका मानवज्ञान माविका शिक्षक कंडेल उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित

images
  • कालिका मानवज्ञान माविका शिक्षक कंडेल उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित
    images

    काठमाण्डौं । कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवलका शिक्षक युवराज कंडेल उत्कृष्ट शिक्षक पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । पीपी प्रसाई फाउण्डेशनले कंडेललाई पुरस्कारबाट सम्मान गरेको हो । 

    images
    images
    images

    शिक्षा मन्त्री विद्या भट्टराईले एक समारोहका बीच कंडेललाई नगद पचास हजार, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेकी हुन् । 

    images
    images
    images

    नेपालको शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षक लाई हरेक वर्ष राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित गर्ने गर्दछ । 

    images
    images

    पुरस्कारबाट यसरी सम्मान हुनेमा शिक्षक कंडेलसहित कोशी प्रदेशबाट फिक्कल माविका शिक्षक मातृका प्रसाद दाहाल, मधेश प्रदेशबाट जनता माविका शिक्षक रामकृपाल महतो, बागमती प्रदेशबाट महेन्द्रग्राम माविकी शिक्षक अम्बिका धिताल, गण्डकी प्रदेशबाट माछापुच्छे् माविका शिक्षक सन्तोष आचार्य, कर्णाली प्रदेशबाट अमरज्योती माविका शिक्षक अशोक कुमार राई र सुदुर पश्चिम प्रदेशबाट सरस्वती माविकी शिक्षक चन्द्रकला दवाडी छिन् । 

    देशभरबाट आवेदन माग गरि प्रतिष्ठानले शिक्षा अभियन्ता धनन्जय शर्माको संयोजकत्वमा निर्णायक समिति बनाई विभिन्न प्रक्रियामार्फत शिक्षक छनोट गरी पुरस्कृत गर्ने गरेको छ । 

    फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको प्रोत्साहनका लागि फाउण्डेशनले पुरस्कार र शिक्षक तालिमका क्षेत्रमा काम गरिरहेको बताए ।

    Kalika.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।