Logo

२०८३, कार्तिक २६गते


images
images

अनुशासित समाज निर्माण गर्न सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख भट्ट

अनुशासित समाज निर्माण गर्न सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख भट्ट

images
  • अनुशासित समाज निर्माण गर्न सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख भट्ट
    images

    राजेश पराजुली,  पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले अनुशासित समाज निर्माण गर्न समुदाय स्तरमा स्थापित सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

    images
    images
    images

    संघसंस्थाहरुले सामाजिक अभियन्ता तथा सामाजिक, राजनीतिक अगुवा नेतृत्वको निर्माण गरी समाज र राष्ट्रको असल र कुशल नेतृत्व निर्माणमा समेत भूमिका खेलेको बताए ।

    images
    images
    images

    पोखरा लामाचौर स्थित नवआदर्श सामुदायिक विकास समाजको २८ औं वार्षिकोत्सव समारोह, लामाचौर तीज महोत्सव, तीजे गीत प्रतियोगिता तथा विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images

    सेवा हीः परमो धर्म ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ नव आदर्शले २०५४ सालदेखि नै हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा वार्षिक रुपमा लामाचौरमा तीज महोत्सव सञ्चालन गर्दै आएकोमा खुशी पनि व्यक्त गरे ।

    पोखराको लामाचौर र बाटुलेचौर क्षेत्रको खुलेर प्रशंसा गरेका प्रदेश प्रमुख भट्टले सांगीतिक तथा खेलकुदका गतिविधि मात्र नभई सामाजिक सेवामा पनि संस्था समर्पित रहनु प्रशंसनीय पक्ष रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदेश प्रमुख भट्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।