Logo

२०८३, आश्विन ९गते


images
images

बुद्धपब्लिकमा तीज गीत तथा नृत्य प्रतियोगिता

बुद्धपब्लिकमा तीज गीत तथा नृत्य प्रतियोगिता

images
  • बुद्धपब्लिकमा तीज गीत तथा नृत्य प्रतियोगिता
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा  तीजको अवसर पारेर बुधबार तिज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ ।

    images
    images
    images

    विद्यार्थी भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्धेश्यले हरेक साता कार्यक्रम गर्दै आएको बिद्यालयले तीजको अवसर पारेर यो पटक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।

    images
    images
    images

    आज विषेश कार्यक्रमको आयोजना गरेर विद्यार्थी भित्र लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यका साथै सास्कृतीक महत्व लाई आत्मसाथ गर्दै तीज गीत तथा नृत्य प्रतियोगीता गरेको हो । प्रतियोगितामा कक्षा नर्सरी देखी १२ सम्मका ५६ समूहले सहभागिता जनाएका थिए । जसमा कक्षा ११ र १२ तर्फ कक्षा १२ विटा समूह प्रथम, कक्षा १२ अल्फाको समूह द्वितिय, कक्षा ११ अल्फाको समूह तृतीय र कक्षा ११ विटाको समूहले सान्त्वना स्थान हासिल गरेका छन् । 

    images
    images
    images

    त्यसैगरी ८, ९ र १० तर्फ कक्षा ९ अल्फा ए को समूह प्रथम, कक्षा ९ अल्फा बि को समूह द्वितिय, कक्षा ९ गामा समूह तृतीय र कक्षा ९ को विटा समूह सान्त्वना भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक अनन्तराम भण्डारीले जानकारी गराए ।

    प्रिन्सिपल कृष्ण प्रसाद गैरेको अध्यक्षतामा सञ्चालित उक्त प्रतियोगितामा  विद्यालयका अध्यक्ष जयकिसन अधिकारी, शिक्षक वेद सूर्यवंशी एवं बिराट भुषाल लगायतले विजयी विद्यार्थीलाई बधाई तथा सहभागी सबैलाई धन्यवाद दिए । 

    नि.मा.वि. कोर्डिनेटर रोशी गुरुङ, संजिव पाण्डेय र प्रि-प्राइमरी इन्चार्ज मनमाया रुचालको संयोजनमा भएको प्रतियोगितामा नि.मा.वि. इन्चार्ज अन्जना वली, उषा थापा र विमला सुनारले निणर्ायकको भूमिका निवाह गरेका थिए ।

    कक्षा नर्सरी देखी १२ सम्मका पाँच सय बढि विद्यार्थीको सहभागिता रहेको प्रतियोगिता बिद्यार्थी ग्रिस्मा खरेल र सुप्रिया सुनारको संचालनमा भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।