Logo

२०८३, कार्तिक २७गते


images
images

पर्वतमा एम्बुलेन्स दुर्घटना : तीन जना घाइते

पर्वतमा एम्बुलेन्स दुर्घटना : तीन जना घाइते

images
  • पर्वतमा एम्बुलेन्स दुर्घटना : तीन जना घाइते
    images

    राजेश पराजुली, पोखरा । पर्वतमा आज दिउँसो एम्बुलेन्स र यात्रुबाहक बस एकापसमा ठोक्किँदा एम्बुलेन्समा सवार तीन यात्रु घाइते भएका छन् । पोखरा बागलुङ राजमार्गको कुश्मा नगरपालिका वडा नं. २ अर्मादी घुम्तीमा आज दिउँसो ३ बजे सो दुर्घटना भएको हो ।

    images
    images
    images

    पर्वतको जलजला गाउँपालिका वडा नं. ७ बाट बिरामी लिएर पोखरा आउँदै ग१झ ६९५ नम्बरको एम्बुलेन्स र चितवनबाट पोखरा हुँदै बागलुङ जाँदै गरेको बागमती प्रदेशको ०६-००१-०३०० नम्बरको बस एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी निरीक्षक यामबहादुर विकले जानकारी दिए ।

    images
    images
    images

    दुर्घटनामा कुश्मा नगरपालिका वडा नं १ शिवालयका केशरी अधिकारी, गीता खत्री, भगवती खत्री घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल लगिएको छ ।

    images
    images

    एम्बुलेन्स चालक पर्वत जलजला-८ का धनबहादुर खत्री र बस चालक भरतपुर-२७ का टिकाराम महतो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकले बताए । बसमा रहेका सबै यात्रु सकुशल रहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एम्बुलेन्स दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।