Logo

२०८३, कार्तिक २७गते


images
images

दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमाको भुक्तानी पाएन

दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमाको भुक्तानी पाएन

images
  • दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमाको भुक्तानी पाएन
    images

    राजेश पराजुली, पोखरा । तनहुँ । दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमावापतको रकम भुक्तानी पाउन सकेको छैन । गत माघ महिनादेखि साउन महिनासम्म रु दुई करोड ६५ लाख १६ हजार तीन सय ९४ बक्यौता रहेको हो । अस्पताललाई समयमा रकम भुक्तानी नगरिदिँदा औषधिको अभाव देखिन थालेको दमौली अस्पताल स्वास्थ्य बीमा इन्चार्ज मदन गौतमले जानकारी दिए ।

    images
    images
    images

    गौतमका अनुसार स्वास्थ्य बीमा बोर्डबाट रकम निकाशा नगरिदिँदा उपचारमा आएका बिरामीले औषधि पाउनका लागि समस्या हुने गरेको छ । अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, “उपचारमा आउने बिरामीमध्ये करिब ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका हुने गरेका छन् ।”

    images
    images
    images

    अस्पतालका अनुसार माघ महिनामा रु २८ लाख १० हजार नौ सय २१, फागुनमा रु ३४ लाख ३६ हजार सात सय ३८ र चैतमा रु ४१ लाख ७३ हजार चार सय १५ रकम भुक्तानी हुन बाँकी छ । वैशाख रु ३६ लाख ६५ हजार चार सय ८९, जेठमा रु ४५ लाख ३९ हजार पाँच सय पाँच, असारमा रु ३८ लाख ५८ हजार दुई सय ५१ र साउन महिनामा रु ४० लाख ९२ हजार छ सय ७५ रकम भुक्तानी भएको छैन ।

    images
    images

    औषधि व्यवसायीलाई लामो समयदेखि रकम भुक्तानी नगरिदिँदा पुनःऔषधि मगाउन नसकिएको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । “अस्पतालको फार्मेसीमा औषधिको अभाव हुन थालिसकेको छ”, उनले भने, “आजका मितिसम्म जेनतेन धान्दै आएको थियौँ, अब धान्न गाह्रो हुने देखिएको छ ।”

    उनका अनुसार १५ शय्या क्षमताको यस अस्पतालले ५० शय्या बराबरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिसको उपचारमा आउने गर्दछन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दमौली अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।