Logo

२०८३, कार्तिक २७गते


images
images

व्यवसायीक जीवन रक्षा कर्जा मंसिरबाट सकिदै, गण्डकी प्रदेशमा १ अर्ब ८१ करोड कर्जा प्रवाह

व्यवसायीक जीवन रक्षा कर्जा मंसिरबाट सकिदै, गण्डकी प्रदेशमा १ अर्ब ८१ करोड कर्जा प्रवाह

images
  • व्यवसायीक जीवन रक्षा कर्जा मंसिरबाट सकिदै, गण्डकी प्रदेशमा १ अर्ब ८१ करोड कर्जा प्रवाह
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशमा संचालन भएको व्यवसायीक जीवन रक्षा कर्जा कार्यक्रम चालु आर्थिक बर्षको मंसिरबाट सकिने भएको छ । प्रदेश सरकारले प्रदेशमा १ अर्ब ८१ करोड ३० लाख कर्जा प्रवाह भएको छ ।

    images
    images
    images

    गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका उद्योगी व्यवसायीहरुको उत्थानको लागि ल्याएको व्यवसायीक जीवन रक्षा कोष (निब्याजी कर्जा प्रवाह) कार्यक्रम २०७७÷०७८ बाट चैत मसान्तरसम्ममा उक्त रकम बराबरको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ ।

    images
    images
    images

    प्रदेशका १ हजार ६ सय ३८ वटा व्यवसायी (ऋणी) मध्य हालसम्म २ सय ५१ वटा व्यवसायीहरुले कर्जा चुक्ता गरेको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक विना ढकाल पौडेलले बताए । प्रदेशका १ हजार ३ सय ८६ व्यवसायीबाट ३१ करोड ८८ लाख बक्यौता रकम उठ्न बाँकी रहेको उनले जनाए ।

    images
    images

    ४ बर्गमा वितरण गरिएको उक्त कर्जा मध्य सबैभन्दा बढी अंश (४४.०३ प्रतिशत) साना पर्यटन व्यवसाय र सबै भन्दा कम कर्जा (५.१५ प्रतिशत) साना यातायात व्यवसाय क्षेत्र तर्फ रहेको थियो । गत चैत्र मसान्तरसम्म १ अर्व ४९ करोड बराबरको साँवा रकम चुक्ता भएको कार्यालयले जनाएको छ ।

    प्रवाह भएको कुल कर्जा लगानी रकमका आधारमा कास्की जिल्लामा सबैभन्दा बढी अर्थात ४४.५० प्रतिशत र तनहुँ जिल्लामा १०.७० प्रतिशत लगानी रहेको छ भने अन्य जिल्लाहरुमा १० प्रतिशत भन्दा कम लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कर्जा योजना शुरु भए देखि आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रमासिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुलाई ३२ करोड ४१ लाख ५४ हजार ४ सय ५१ रुपैया व्याज सोधभर्ना प्रदान गरिएको निर्देशक पौडेलले उल्लेख भयो । उक्त कोषबाट ३ देखि ५ बर्षको लागि ५० हजारदेखि १५ लाखसम्म निब्र्याजी कर्जा प्रवाह भएको थियो ।

    उक्त परियोजना १५ वटा बाणिज्य बैंक तथा ४ वटा बिकास बैंकले कार्यान्यन गरेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।