Logo

२०८३, कार्तिक २७गते


images
images

बिरामी बोकेको एम्बुलेन्समा आगलागी

बिरामी बोकेको एम्बुलेन्समा आगलागी

images
  • बिरामी बोकेको एम्बुलेन्समा आगलागी
    images

    राजेश पराजुली, पोखरा । स्याङ्जाबाट बिरामी बोकेर पोखरा आउँदै गरेको एम्बुलेन्समा आगलागी भएको छ । गएराति स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ करेनडाँडामा ग१झ २७८ नम्वरको एम्बुलेन्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    images
    images
    images

    एम्बुलेन्स वालिङको गह्रौं प्राथमिक अस्पतालको भएको बताइएको छ । एम्बुलेन्स देवप्रसाद रेग्मीले चलाएका थिए । ‘एम्बुलेन्समा एक्कासि आगो लागेछ, चालकको चतुर्याइँले बिरामीलाई केही भएनछ’, स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी ईन्द्रबहादुर रानाले भने ।

    images
    images
    images

    आगलागीको कारण खुल्न नसकेको भए पनि ब्याट्री स्पार्क भएर आगाे लागेको हुन सक्ने अनुमान गरिएको छ । एम्बुलेन्स जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एम्बुलेन्समा आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।