कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासमा सोमवार बस पल्टिँदा १३ जना घाइते भएका छन् ।
सुर्खेतबाट बुटवल तर्फ हिँडेको लु २ ख १५९८ नम्बरको बस पल्टिँदा १३ जना घाइते भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मोटरसाइकललाई बचाउने क्रममा सो बस एक मिटर तल पल्टिएको हो। १० जनाको चन्द्रौटा आधारभूत र ३ जनाको संजीवनी अस्पतालमा उपचार भइरहेको छ। सुरक्षाकर्मी घटना स्थल पुगेर घाईतेकाे उद्धार गरी अस्पताल पुराएका हुन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology