Logo

२०८३, आश्विन ९गते


images
images

नारायणगढ-मुग्लिन सडक

माथिबाट ढुंगो खसेर गुडिरहेको बस क्षतिग्रस्त, एकजना यात्रु घाइते

माथिबाट ढुंगो खसेर गुडिरहेको बस क्षतिग्रस्त, एकजना यात्रु घाइते

images
  • माथिबाट ढुंगो खसेर गुडिरहेको बस क्षतिग्रस्त, एकजना यात्रु घाइते
    images
    images

    चितनव । नारायणगढ-मुग्लिन सडक दिनदिनै यात्रुका लागि जोखिमपूर्ण बन्दै गएको छ।

    images
    images
    images

    लगातार भइरहेका दुर्घटना र पहिरोका कारण यो एसियन हाइवेअन्तर्गतको यो खण्डमा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

    images
    images
    images

    आइतबार मात्रै मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको घटना सेलाउन नपाउँदै सोमबार अर्को बस क्षतिग्रस्त भएको छ ।

    images
    images
    images

    आइतबार महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम ०१-००-२-१३३२ नम्बरको बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका थिए ।

    बस अनियन्त्रित भएर सडक किनारमा दुर्घटनामा परेको थियो । तर सडकको तल्लोतर्फ बलियो पर्खाल रहेकाले बस त्रिशूलीमा झर्न पाएन ।

    आइतबारको घटना सेलाउन नपाउँदै सोमबार पोखराबाट वीरगञ्ज जाँदै गरेको एउटा बसमा माथिबाट ठूलो ढुंगो खसेको छ ।

    ग २ ख १३६७ नम्बरको बसमा यो सडकखण्डको पाँचकिलोमा माथिबाट ढुङ्गा खसेर लागेको हो । त्यसक्रममा एकजना जना भएका उक्त बसमा सवार मनोज घिमिरे क्षत्रीले बताएका छन् ।

    ढुंगाले लागेपछि बसको अघिल्लो भाग क्षतिग्रस्त भएको छ । बसको अगाडिको भागको शिशा पूरै फुटेको छ । बसमा झरेको ढुंगो चालकनजिकै खसे पनि मानवीय हताहती हुन पाएन ।

    बसमा क्षति पुगेपछि सबै यात्रुलाई झारेर अर्कोमा पठाइएको छ । नाम, ठेगाना खुल्न नसकेका चालकलाई उपचारका लागि नारायणगढ पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणगढ-मुग्लिन सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।