देवदह । रोटर्याक क्लब अफ तिलोत्तमा देवदहको १२ औं पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा रोटा बर्ष २०२३/०२४ का अध्यक्ष बिक्रम भुषालले बर्ष २०२४/०२५ का अध्यक्ष सन्दिप पौडेललाई पद हस्तान्तरण गरे ।
दुईवटा सेसनमा चलेको कार्यक्रममा रोटर्याक डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोट्रयाक डिष्ट्रिक रिप्रिजेन्टेटीभ बिक्रम क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा रोटा बर्ष २०२३/०२४ का ६५ वटा कार्यक्रमका संयोजकहरुलाई सम्मान गरिनुका साथै सम्पुर्ण सदस्यहरुलाई प्रमाणपत्र मार्फत सम्मान गरिएको संस्थाका उपाध्यक्ष प्रबिन गौंडेलले जानकारी गराए ।
६० जना सदस्य रहेको क्लबले देवदहको बुद्ध पार्कका सिग्नेचर कार्यक्रम अन्तरगत रोट्रयाक बाटिका निर्माण गरिरहेको र यस क्षेत्रमा बृक्षरोपण, छात्रबृत्ति तथ शैक्षिक सामग्री वितरण लगायतका कार्यक्रम गर्दै आईरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology