Logo

२०८३, आश्विन १०गते


images
images

पाकिस्तानको पञ्जावमा भएको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानको पञ्जावमा भएको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

images
  • पाकिस्तानको पञ्जावमा भएको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु
    images
    images

    एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा प्रहरीको गाडीमा लुटेराहरूले आक्रमण गर्दा ११ प्रहरीको मृत्यु भएको छ । साथै अन्य सात जना घाइते भएका प्रहरी अधिकारीहरूले बताएका छन् ।

    images
    images
    images

    यस प्रान्तको रहिम यार खान जिल्लाको मच्का क्षेत्रमा लुटेराहरूले २० भन्दा बढी प्रहरी बोकेका दुई प्रहरी भ्यानमा रकेट प्रहार गर्दा उक्त आक्रमण भएको थियो ।

    images
    images
    images

    जो यस क्षेत्रको चेक पोस्टमा साप्ताहिक ड्युटीबाट फर्किरहेका थिए । सवारी साधन मर्मतका लागि रोकिएकामध्ये एउटा गाडीमा गडबडी हुँदा र प्रहरीहरु रोकिँदा अचानक रकेट आक्रमण भएको थियो ।

    images
    images
    images

    जसमा ११ प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

    आक्रमणपछि उद्धार र प्रहरी टोली घटनास्थल पुगे र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । जहाँ कम्तिमा दुई प्रहरीको अवस्था गम्भीर छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तानको पञ्जाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।