Logo

२०८३, श्रावण २७गते


images
images

मंसिरमा किसानलाई मल अभाव नहोस्, खरिद प्रक्रिया बढाइजानू : प्रधानमन्त्री

मंसिरमा किसानलाई मल अभाव नहोस्, खरिद प्रक्रिया बढाइजानू : प्रधानमन्त्री

images
  • मंसिरमा किसानलाई मल अभाव नहोस्, खरिद प्रक्रिया बढाइजानू  : प्रधानमन्त्री
    images
    images

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो, आँकलन गरेर खरिद प्रक्रिया थाल्न निर्देश दिए ।

    images
    images
    images

    मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो ।

    images
    images
    images

    ओलीले किसानलाई नाफा हुने खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुक्त जग्गामा सामूहिक खेती प्रणालीमा जान सुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले माछापालन, दुध उत्पादन, सुन्तला, काजु, ल्वाङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिए ।

    उनले पशुुपंक्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुदानको निरन्तरता भन्दा लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुझाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मल अभाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।