Logo

२०८३, कार्तिक २७गते


images
images

प्रधानमन्त्री ओलीले मिहिनेत गरिरहेको देख्दैछु : महामन्त्री थापा

प्रधानमन्त्री ओलीले मिहिनेत गरिरहेको देख्दैछु : महामन्त्री थापा

images
  • प्रधानमन्त्री ओलीले मिहिनेत गरिरहेको देख्दैछु :  महामन्त्री थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले मिहिनेत गरिरहेको देखेको बताएका छन् ।

    images
    images
    images

    मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले जनअपेक्षाअनुसार ओलीले प्रधानमन्त्री पद सम्हालेपछि मिहिनेत गरिरहेको देखेको बताएका हुन्।

    images
    images
    images

    तर थापाले मन्त्रीहरूले भने कार्ययोजना बनाएर काम गर्नु आवश्यक रहेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीले मिहिनेत गरेको देखिरहेको छु, मन्त्रीहरूले पनि खादा माला लाउन छाडेका छन्’, उनले भने, ‘प्रधानमन्त्रीले भने जस्तै यो २४ महिनामा धेरै काम गर्न सकिन्छ । एक महिना सकियो, अब मन्त्रीहरूलाई हामी सबैको शुभेच्छा छ । हामी कामको आधारमा प्रश्न गर्न सक्छौँ । २४ महिनाका लागि एक महिने तयारी सकिएको छ । अब कामले गति लिनुपर्छ।’

    images
    images

    उनले मन्त्रीहरूलाई २४ महिनाका लागि प्रत्येक महिनाको योजना बनाउन सुझाव दिए । ‘प्रत्येक मन्त्रालयसँग जोडिएका सानातिना कामले परिवर्तन दिलाउँछ । बद्री पाण्डेले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेपछि ठूला दुई हवाई दुर्घटना भए । मैले बुझेसम्म पर्यटनमन्त्री गम्भीर हुनुहुन्छ ।’

    थापाले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई अलग गर्ने कामलाई पर्यटनमन्त्रीले अघि बढाइसकेको जानकारी आफूले पाएको पनि बताएका छन् ।

    थापाले नेपालबाट कोरिया जाने हवाई भाडा संसारकै महंगो रहेको भन्दै यो रुटमा नेपाल वायुसेवा निगमको जहाज पठाउन पनि सरकालाई आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महामन्त्री गगन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।