Logo

२०८३, आश्विन ११गते


images
images

आज तमु समुदायकाे मौलिक तथा सांस्कृतिक पर्व ट्होटेंँ हर्षोल्लासपूर्वक मनाइँदै

आज तमु समुदायकाे मौलिक तथा सांस्कृतिक पर्व ट्होटेंँ हर्षोल्लासपूर्वक मनाइँदै

images
  • आज तमु समुदायकाे मौलिक तथा सांस्कृतिक पर्व ट्होटेंँ हर्षोल्लासपूर्वक मनाइँदै
    images
    images

    राजेश पराजुली, पोखरा । आज साउन महिनाको अन्तिम मंगलबार तमु (गुरुङ) समुदायले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटेंँ पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् ।

    images
    images
    images

    तमु समुदायले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबारमा ट्होटें मनाउँदै आएको हुन् ।

    images
    images
    images

    ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङले मनाउने गर्छन् ।

    images
    images
    images

    उक्त दिन तमु राज्यमा बसोवास गर्नेले राज्यभित्र देखिएका बैरी वा शत्रुलाई राज्यको सीमा कटाउँदै ट्हाेँ संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।

    तमु (गुरुङ) भाषामा ट्हाेँको अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टेँ को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

    ट्होटेँको अवसरमा पोखरास्थित तमु धिँ नेपालले आज ट्होटेँ र्‍यालीसहित विविध कार्यक्रम गर्दैछ । मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित र्‍याली प्रदर्शन गर्ने तमु धिँले जनाएको छ ।

    तमु धिँ नेपालको पहलमा कस्केली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार पोखरामा २०५२ सालदेखि सामुहिकरुमा ट्होटेँ मनाउँदै आएको हो ।

    यसैबीच कास्कीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । ट्होँटे पर्वको अवसर पारेर पालिकाले सार्वजनिक बिदा दिएको छ ।

    गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ट्होँटेको अवसरमा बिदा दिइएको उल्लेख गरे ।

    मंगलबार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य र शैक्षिक संस्थामा अत्यवश्यकबाहेक बिदा हुने सूचनामा उल्लेख छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।