Logo

२०८३, आश्विन १०गते


images
images

कप्तान रोहितको टिम टोरोन्टोले उचाल्यो ग्लोबल टी-२० लिगको उपाधि

कप्तान रोहितको टिम टोरोन्टोले उचाल्यो ग्लोबल टी-२० लिगको उपाधि

images
  • कप्तान रोहितको टिम टोरोन्टोले उचाल्यो ग्लोबल टी-२० लिगको उपाधि
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि उचालेको छ।

    images
    images
    images

    गएराति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकालेको हो।

    images
    images
    images

    टस हारेर सुरुमा ब्याटिङ गरेको टाइगर्सले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। उसका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए। जसकरण सिंहले १६, अनुप रविले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    images
    images
    images

    टाइगर्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जेसन बेहरेन्डोर्फले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गर्दा मात्र ८ रन दिएर उनले तीन विकेट झारेका हुन्।

    रोमारियो शेफर्डले दुई विकेट लिएको खेलमा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले समान एकएक विकेट हात पारे।

    जवाफी ब्याटिङ गरेको टोरोन्टोले दुई विकेटको क्षतिमा १५ ओभरमै ९७ रनको लक्ष्य भेट्टायो। उसका लागि एन्ड्रिज गौसले नटआउट अर्धशतक बनाए। ४९ बल खेलेका उनले ८ चौकाको मद्दतमा ५८ रन बनाए भने रसिभ भान डरले नटआउट ३० रन जोडे। कप्तान कोलिन मुनरो शून्यमा आउट हुँदा उन्मुक्त चन्दले चार रन जोडेका थिए।

    टाइगर्सका लागि अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले एकएक विकेट हात पारेका थिए। फाइनलमा नेपालका कप्तान पौडेललाई भने आराम दिइएको थियो। ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उनको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्लोबल टी-२० लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।