Logo

२०८३, कार्तिक २७गते


images
images

रोकिएन कालीगण्डकी दोहन, सरोकारवाला निकाय मौन

रोकिएन कालीगण्डकी दोहन, सरोकारवाला निकाय मौन

images
  • रोकिएन कालीगण्डकी दोहन, सरोकारवाला निकाय मौन
    images

    डम्मर बुढा मगर, बागलुङ । बर्खाकै समयमा पनि कालीगण्डकी नदीको दोहन भएको छ । कालीगण्डकी नदीको बागलुङतर्फ दोहन भएको हो ।

    images
    images
    images

    मध्यरातमा सहस्रधारा पारी भाटेखोला लगायतका स्थानमा डोजरनै प्रयोग गरेर नदीजन्य पदार्थको दोहन हुँदा सरोकारवाला निकाय मौन छन् । कालीगण्डकी दोहनकर्ताले प्रहरी र प्रशासनलाई चुनौती दिएर अवैध रुपमा दोहनमा सक्रिय भएका छन् । नदीजन्य पदार्थ रातीमा संकलन गरे पनि कालीगण्डकी किनारमै भण्डार गरेका हुन्छन् ।

    images
    images
    images

    तर, प्रहरी प्रशासनले कारबाही गर्न हिम्मत जुटाउन सकिरहेको छैन । बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ, भाटेखोला बगरमा तीन वर्ष यता स्थानीय तहले सर्वोच्चको आदेश मान्दै ठेक्का लगाउन सकेको छैन । बागलुङतर्फकै खनियाघाटमा समेत दाहोन रोकिएको छैन ।

    images
    images

    तर, अवैध नदी दोहान भइरहदा स्थानीय सरकारलको राजस्व गुमेको । क्रसर व्यवसायीको मनलाग्दी मौलाएको छ । म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डी दोहोनले शालिग्राम शिलासमेत संकटमा परिसकेका छन् । पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहोन हुँदै आए पनि पछिल्लो समय बागलुङ तर्फको सहस्रधारा पारीको भाटेखोला र खनियाघाट क्षेत्रमा दोहन सुरु भएको हो । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ ।

    कानुनी व्यवस्थाको धज्जी उडाउँदै दोहन भइरहेको छ । प्रहरी प्रशासन र स्थानीय तहको मौनताको कारण दोहनले प्रश्रय पाइरहेको अधिवक्ता राम शर्माले बताए ।

    दोहोन रोक्नका लागि बागलुङको प्रहरीले सक्रियता नदेखाएको उनको आरोप छ । नदीजन्य पदार्थको नियमन गर्ने निकाय स्थानीय तह भएपनि सुरक्षाका हिसाबले प्रहरी चनाखो रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कँडेलले बताए । उनले दोहोन भइरहेको सूचना पाउन साथ परिचालन भएका प्रहरी त्यहाँ पुग्दा दोहनकर्ता भाग्ने गरेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कालीगण्डकी दोहन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।