सन्तोष सुनार, प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको सारीमा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक अभियान सम्पन्न भएको छ । “स्वस्थ किशोरकिशोरी नै समृद्ध नेपाल, सुखी नेपालीका आधार हुन” भन्ने नारासहित किशोरी समुहको नेतृत्वमा शनिबार अभियान संचालन भएको हो ।
बालविवाह न्यूनिकरण, महिला हिंसा अन्त्य, किशोरकिशोरीलाई शिक्षामा लगानी गर्ने तथा समाजमा रहेको विकृति विसङ्गतिलाई हटाई सभ्य समाजको निर्माण गर्न अभियान संचालन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वर्गद्वारी नगरपालिका-५ का वडाअध्यक्ष गिरबहादुर घर्तिमगर, नगरपालिकाका जनस्वास्थ्य निरिक्षक दुर्गप्रसाद गोराथोकी लगायतले बोलेका थिए ।
केयर नेपाल, एचडीआई, जपाईगो, आयोन नेपाल, सिआरएस कम्पनी र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले कार्यक्रममा सहयोग गरेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology