बुटवल । नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर समितिले ३० औं विश्व आदिवासी जनजाति दिवस बुटवलमा मनाएकाे छ । शुक्रबार मूल समाराेहकाे आयोजना गरेर बुटवलमा दिवस मनाइएकाे हाे ।
नेपाल आदिवासी जनजाती महासंघ बुटवल उपमहानगर समितिका अध्यक्ष अरुण कुमार श्रेष्ठकाे अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आदिवासी जनजाति समुदायले आफ्नो भाषा, संस्कार र संस्कृति जगेर्ना गर्नुपर्ने बताए। भाषा संस्कार र संस्कृति संरक्षण गर्ने दायित्व राज्यकाे पनि भएकाले बुटवल उपमहानगरपालिकाले नगरभित्रका सम्पुर्ण जाति समुदायकाे भाषा र संस्कार संस्कृतिको संरक्षणका लागि काम गर्ने उनको भनाइ छ ।
साे अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) रुपन्देहीका अध्यक्ष सनु थापा, महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शंकर गाहामगर, नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका उपाध्यक्ष थर्क बहादुर बारघरे मगर लगायतले विचार व्यक्त गरेका थिए ।
कार्यक्रम बुटवल उपमहानगर समितिका अध्यक्ष अरुण कुमार श्रेष्ठकाे अध्यक्षता, उपाध्यक्ष गाेपाल चाेहान मगरकाे स्वागत तथा शम्भु माेक्तानकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology