Logo

२०८३, आश्विन ९गते


images
images

आदिवासी जनजातिको शसक्तिकरणको लागि राज्यले लगानी गर्नुपर्छ : सांसद चौधरी

आदिवासी जनजातिको शसक्तिकरणको लागि राज्यले लगानी गर्नुपर्छ : सांसद चौधरी

images
  • आदिवासी जनजातिको शसक्तिकरणको लागि राज्यले लगानी गर्नुपर्छ : सांसद चौधरी
    images
    images

    देवदह । भाषा, संस्कार र संस्कृतिको संरक्षण विना जातीय पहिचान कायम हुन नसक्ने लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीले बताइन्  । उनले अधिकार प्राप्तिको लागि राजनीति गर्न आवश्यक रहेको बताउदै आदिवासी जनजातिहरुको शसक्तिकरण गर्नको लागि राज्यले लगानी गर्न आवश्यक रहेको औल्याइन ।
     
    नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहले ३०औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन्  ।
     
    प्रदेश सांसद चौधरीले शिक्षाको विकासले मात्र राज्यको निकायमा पहुच पु¥याउन सकिने भएकोले आदिवासी जनजातिहरुले शिक्षालाई महत्व दिनुपर्नेमा जोड दिइन् । उनले संविधानमा आदिवासी जनजातिहरुको अधिकार उल्लेख भएपनि कार्यानन्यन हुन नसकेको बताउदै अधिकार प्राप्तिको लागि सवै एकतावद्ध भएर लाग्नु पर्ने विचार व्यक्त गरिन् । 
     
     सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले राजनैतिक चेतनाले मात्र अधिकार प्राप्त गर्न सकिने बताइन् । आदिवासी जनजातिहरुलाई राजनैतिक रुपमा अगाडि बढ्न आग्रह  गर्दै उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसंगै लक्षित बर्गको लागि छुटिदै आएको बजेट कटौती गरेपनि देवदह नगरपालिकाले आदिवासी जनजातिहरुको शसक्तिकरणको लागि बजेटको व्यवस्था गरेको दावी गरिन् । 

    images
    images
    images

    नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद देवदहका अध्यक्ष मिना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टा, नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद रुपन्देहीका उपाध्यक्ष ईन्द्र राई, देवदह नगरपालिका–९, का वडाअध्यक्ष मोहन जिसी, नेपाली काग्रेसका नगर सभापति गुनाखर भुर्तेल, नेवाः दव देवदहका अध्यक्ष कुशलराज श्रेष्ठ, जीतबहादुर पाईजा लगायतले आ–आफना भनाई राखेका थिए ।
     
    सो अवसरमा देवदह–५, का जेष्ठ नागरिक १०४ बर्षीय तिलिसरा थापालाई सम्मान गरिएको छ  । यसैगरी कार्यक्रममा कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक सहित उत्तिर्ण भएका विद्यार्थी, आदिवासी जनजातिहरुको हकमा कलम चलाउने सञ्चारकर्मी र देवदह नगरपालिकामा कार्यरत आदिवासी जनजाति कर्मचारीहरुलाई समेत सम्मान गरिएको जनाइएको छ  ।
     
    देवदह नगरपालिका–७, बुद्ध चोकदेखि शुरु भएको जातीय भेषभूषा सहितको र्‍याली पानवारी खेल मैदानमा पुगेर सभामा परिणत भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।