Logo

२०८३, कार्तिक २७गते


images
images

मणिपालमा केयर गिभर तालिमको दोश्रो ब्याच सुरु

मणिपालमा केयर गिभर तालिमको दोश्रो ब्याच सुरु

images
  • मणिपालमा केयर गिभर तालिमको दोश्रो ब्याच सुरु
    images

    राजेश पराजुली, पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरामा ३ महिने ‘केयरगिभर तालिम’ को दोश्रो ब्याज सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभिटी) बाट स्वीकृत प्राप्त ‘केयरगिभर तालिम’ कम्तिमा ८ कक्षा उत्तीर्ण गरी १८ वर्ष उमेर पुगेकाले सहभागि हुन पाउने गरी सुचना प्रकाशन गरिएको थियो ।

    images
    images
    images

    आवेदन आएकामध्ये प्रवेश परीक्षा तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिएको हो । तालिममा पोखरा तथा पोखरा बाहिरका प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

    images
    images
    images

    ' सम्बन्धित क्षेत्रमा सीपमुलक जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्धेश्य रहेको अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेलले बताइन् । यसको साथै हाल अस्पतालमा क्रीटिकल केयर नर्सिङको पनि तालिम चलिरहेको छ । '

    images
    images

    अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसन अफ नेपाल (सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सका लागि क्रिटिकल केयर नर्सिङ तालिम सञ्चालन गर्दै आइरहेको छ ।

    अस्पतालका निर्देशक डा अभिषेक मास्केका अनुसार अस्पताल, नर्सिङ होम, होम केयर जस्ता संस्थामा गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले यो तालिमको ठुलो भूमिका रहेको छ । यति मात्र नभई यो तालिमले आफुलाई स्वदेशमा मात्र नभएर विदेशमा पनि रोजगारीका अवसरहरु प्राप्त गर्न सक्षम बनाउन मद्धत गर्नेछ ।

    मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले सहभागीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उचित उपचार, स्वास्थ्य सेवा र स्वास्थ्य कर्मचारीको आवश्यकतालाई मध्यनजर गर्दै मणिपाल शिक्षण अस्पतालले समय–समयमा विभिन्न तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मणिपालमा केयर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।