Logo

२०८३, आश्विन ११गते


images
images

आज राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

आज राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

images
  • आज राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै
    images
    images

     राजेश पराजुली, पोखरा ।आज राष्ट्रिय भूसंरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तरक्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।

    images
    images
    images

    बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

    images
    images
    images

    विभागको स्थापनासँगै जिल्लास्तरमा भू-संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भूसंरक्षण दिवस’ का रूपमा मनाउने गरिएको पाइन्छ ।

    images
    images
    images

    भूतथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भूसंरक्षण दिवस’ का रूपमा मनाउने गरिएको हो । विगतका वर्षमा फूलजन्य बिरुवा, धूपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ ।

    संवेदनशील भूधरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।