Logo

२०८३, कार्तिक २७गते


images
images

वर्षातले भत्काएको ज्येष्ठ नागरिकको घर बनाउन जुटे देवदहका युवा

वर्षातले भत्काएको ज्येष्ठ नागरिकको घर बनाउन जुटे देवदहका युवा

images
  • वर्षातले भत्काएको ज्येष्ठ नागरिकको घर बनाउन जुटे देवदहका युवा
    images

    देवदह । रुपन्देहीको देवदह ७ का युवाहरू स्थानीय ज्येष्ठ नागरिकको घर निर्माण अभियानमा जुटेका छन् । स्थानीय मदनग्राम टोलमा विगत २८ वर्षदेखि बसोबास गर्दै आएकी एकलज्येष्ठ नागरिक ७७ वर्षीय लिलावती क्षेत्रीको घर निर्माणमा उनीहरू जुटेका हुन् । यही साउन ११ गते हावाहुरी सहित आएको अविरल वर्षाका कारण घर भत्किएर बस्नै नसक्ने अवस्था भएपछि घर निर्माणका लागि आफूहरू अग्रसर भएको स्थानीय युवा ध्रुव खरेलले बताए ।

    images
    images
    images


    श्रीमानको निधन पछि घरमा एक्लै बसोबास गर्दै जीवन गुजारा गरिरहेकी क्षेत्रीलाई एक छाक खान र एक सरो लगाउन पनि निकै ठुलो सङ्घर्ष गर्नु परेको छ । एक छोरा र सात छोरीलाई जन्म दिएकी उनको साथमा अहिले एउटा नाति मात्र छन् । छोरा र ५ छोरीलाई गुमाएकी क्षेत्रीले दुःख परेर पनि अहिलेसम्म कसैलाई आफ्नो भित्री रोदन नसुनाएको बताइन् ।

    images
    images
    images

    तर अहिले युवाहरू आफ्नो दुःखमा मलमपट्टी लगाउन आएपछि आफूलाई राहत महशुुस भएको उनले सुनाइन् । यता उनको कहालीलाग्दो दुःख देखेर तत्काल घर निर्माण गरी हस्तान्तरण गर्ने अभियानमा स्थानीय जनप्रतिनिधि, युवा व्यवसायी, समाजसेवीहरू लागिपरेका छन् । निर्माण कार्यका लागि कतिपयले नगद त कतिपयले जिन्सी सामग्री सहयोग गर्ने जनाएका छन् । स्थानीय तिलविक्रम बुढाथोकीले घर निर्माणका लागि आफूले २० बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    images
    images


    बर्सातको समयमा घर भत्किएर बस्नै नसकिने अवस्था भएपछि १ महिनाभित्र नै घर निर्माण गर्नेगरि युवाहरू जुटेको वडा नं ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए । वडा कार्यालयले समेत घर निर्माणका लागि सहयोग गर्ने बताउँदै अधिकारीले  स्थानीयलाई आर्थिक तथा श्रमदान गरेर अभियानमा सहभागी हुन आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।