Logo

२०८३, आश्विन ९गते


images
images

बाटो छेकेर राष्ट्रिय दलकै कार्यकर्ताले तर्साए, दुर्व्यवहार गरे : सांसद सोविता गौतम

बाटो छेकेर राष्ट्रिय दलकै कार्यकर्ताले तर्साए, दुर्व्यवहार गरे : सांसद सोविता गौतम

images
  • बाटो छेकेर राष्ट्रिय दलकै कार्यकर्ताले तर्साए, दुर्व्यवहार गरे : सांसद सोविता गौतम
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूलाई आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ मा पुग्दा दुर्व्यवहार भएको बताएकी छन् ।

    images
    images
    images

    बाढी-पहिरोले पुर्‍याएको क्षतिको अनुगमनका क्रममा पुगेका बेला आफूलाई दुर्व्यवहार भएको दाबी उनले सोमबारको संसद् बैठकमा गरेकी हुन् ।

    images
    images
    images

    स्थानीयबासीले आफूलाई पहिरो झरेको ठाउँ देखाएर फर्किने क्रममा टोलमा जम्मा भएका युवाहरूले घेरेर दुर्व्यवहार गरेको उनले सोमबार बसेको संसद् बैठकमा बताइन् ।

    images
    images
    images

    ‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए । १५/२० जना युवा साथीहरू जम्मा भएका थिए। कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनिन्, ‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे । मलाई घेर्ने काम भयो । १० जनाजति एकै स्वरमा कराएर के गरिस् फोहोरी भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’

    उनले आफूलाई त्यसरी गाली नगर्न भनेर अनुरोध गर्दा पनि नसुनिएको बताइन् । ‘मैले नम्र भएर बोल्दा पनि चर्किरहेका थिए। मलाई दुर्व्यवहार गरे । दुर्व्यवहार गर्न उनीहरू बाटो ढुकेर बसेका थिए । मलाई तर्साए । राष्ट्रिय दलकै युवा नेताको नेतृत्वमा ममाथि दुर्व्यवहार भएको छ’, उनले भनिन्, ‘यो हर्कतको जिम्मा उनी आवद्ध त्यो राष्ट्रिय दलले लिने कि नलिने ?’

    तर सोविताले ती युवाहरू कुन दलका थिए भन्ने खुलाएकी छैनन् । सोविता राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ की सांसद हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद सोविता गौतम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।