Logo

२०८३, आश्विन २७गते


images
images

एमाले उपाध्यक्ष बराल र १७ केन्द्रीय सदस्यले लिए शपथ

एमाले उपाध्यक्ष बराल र १७ केन्द्रीय सदस्यले लिए शपथ

images
  • एमाले उपाध्यक्ष बराल र १७ केन्द्रीय सदस्यले लिए शपथ
    images
    images

    काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

    images
    images
    images

    पार्टी मुख्यालय च्यासलमा आइतबार पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले उनीहरूलाई शपथ दिलाएका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।

    images
    images
    images

    त्यसैगरी उक्त बैठकले सिरहाका लीलनाथ श्रेष्ठ र एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय लिएको थियो ।

    images
    images
    images

    सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

    त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।