Logo

२०८३, कार्तिक २७गते


images
images

लाटोकोसेरो संरक्षणका लागि’संरक्षण दूत’ छनौट

लाटोकोसेरो संरक्षणका लागि’संरक्षण दूत’ छनौट

images
  • लाटोकोसेरो संरक्षणका लागि’संरक्षण दूत’ छनौट
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको लागि संरक्षण दूत छनौट भएका छन् । किसानको साथी लाटोकोसेरो संरक्षणकालागि पहिलो पटक संरक्षण दूत छनौट गरी संरक्षण अभियान सुरु हुन लागेको हो । यसकालािग ६ जना ‘लाटोकोसेरो संरक्षण दूत’ छनौट भएका छन्।

    images
    images
    images

    यस क्षेत्रमा लाटोकोसेरो संरक्षणको लागि बुढा रुखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणको लागि कृत्रिम गुँड वितरण, चोरी शिकारी नियन्त्रण गर्ने सरोकारवालाहरुको क्षमताको अभिवृद्धि कार्यको सहजीकरण गर्नका लागि संरक्षण दूतको छनौट गरिएको हो। लाटोकोसेरो संरक्षणकालागि नागरिक वैज्ञानिक पनि छनौट गरिएको छ ।

    images
    images
    images

    नागरिक बैज्ञानिकको रूपमा केशव सापकोटा र बालकुमार गुरुङ तथा विद्यार्थीहरू सुदर्शन पराजुली, आयुष ढुंगाना, ज्योति शर्मा, र दीपा गुरुङले आउने एक वर्षसम्म स्वयंसेवकको रूपमा ‘लाटोकोसेरो संरक्षण दूत’ भई लाटोकोसेरो अध्ययन तथा संरक्षणमा योगदान गर्नेछन्। यसैकालागि स्याङ्जाको भैंसेगौंडा सामुदायिक होमस्टेमा दूतहरूको क्षमताको अभिवृद्धिका लागि तालिम सञ्चालन भइरहेको छ।

    images
    images

    तालिमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका (२ का वार्ड अध्यक्ष भिमबहादुर गुरुङले सो कार्यक्रम आफ्नो वडाबाट सुरु भएकोमा खुसी व्यक्त गरे । उनले लाटोकोसेरो लगायत अन्य वन्यजन्तुजन्तुको संरक्षणमा सबै लग्नु पर्ने बताए’ ‘लाटोकोसेरो संरक्षण दूत’ केशव सापकोटाले भने, “लाटोकोसेरो संरक्षणका लागि यो तालिम निकै उपयोगी रह्यो। दूत हुन् पाउँदा औधी खुशी छु।

    लाटोकोसेरो संरक्षण हुने कुरामा म अब ढुक्क भए।”उनले भने । नागरिक वैज्ञानिकसँग मिलेर संरक्षणको काममा सहभागी हुन पाउँदा खुशी लागेको वन इन्स्ट्रकटर तथा दूत दीपा गुरुङले बताइन् । यो कार्यक्रमले विद्यार्थीको शैक्षिक विकासमा समेत योगदान पुग्ने उनले विश्वास गरिन । गण्डकी प्रदेशमा गरिने लाटोकोसेरो संरक्षण कार्यक्रमका लागि आर्थिक रूपमा प्रकृतिका साथीहरू तथा व्हिटली फन्ड फोर नेचरले सहयोग गरेका छन्।

    संरक्षण विद्, वन्यजन्तु अनुसन्धानकर्मी राजु आचार्यले हालै हरित क्षेत्रको ओस्कार मानिने ‘ह्वीट्ली’ संरक्षण पुरस्कार पाएका थिए । तीन दशक देखि लाटोकोसेरो संरक्षणमा लागेका संरक्षणा अभियान्ता राजु आचार्यले प्राप्त गरेको सोही पुरस्कारको रकमले सो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

    उक्त कार्यक्रममा पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसी राम रेग्मी यस्ता संरक्षणका काममा आफ्नो सधैँ सहयोग रहने बताए । भैसेगौंडा सामुदायिक होमस्टे तथा आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न सके प्रकृति संरक्षणको साथै स्थानीयलाई पनि फाइदा हुने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लाटोकोसेरो संरक्षण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।