Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज भदौ ५ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज भदौ ५ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज भदौ ५ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ भदौ ५ गते शनिबार । तदनुसार २१ अगस्ट २०२१ । माता श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images


    आजको पंचाङ्ग : 

    images
    images
    images

    वि.सं. भदौ ०५, २०७८ । ई.सं. 21 Aug, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ गुँलाथ्व । दक्षिणायन । वर्षा । शनिवार । श्रावण शुक्लपक्ष । तिथि - चतुर्दशी , १८:२२ बजे उप्रान्त पूर्णिमा । नक्षत्र - श्रवण , २०:५१ बजे उप्रान्त धनिष्ठा । योग - सौभाग्य , १४:१६ बजे उप्रान्त शोभन । करण - गर ७:०६ बजेदेखि वव , १८:२२ बजे उप्रान्त कौलव । चन्द्रराशि - मकर । आनन्दादि योग - स्थिर । दिनमान ३२।२२ । सूर्योदय ५:३८ । सूर्यास्त १८:३४ । पूर्णिमाव्रत, शिवजीमा पवित्र रोपण, हयग्रीवोत्पत्ति, बडिमालिका मेला बाजुरा । 

    images
    images
    images

    आजको राशिफल 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना छ । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । श्रीमती / प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    मिहनेतसाथ गरेको कामपनि विग्रनेछ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिनेछ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समय छ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्रसन्न रहनेछ । प्रेममा सफल हुने योग छ । व्यवसाय राम्रो रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    मनमा असन्तोष बढने छ । घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट प्रसस्त आम्दानी होला । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढ्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।