Logo

२०८३, कार्तिक २७गते


images
images

एमाले गण्डकीको इञ्चार्जमा किरण गुरुङ

एमाले गण्डकीको इञ्चार्जमा किरण गुरुङ

images
  • एमाले गण्डकीको इञ्चार्जमा किरण गुरुङ
    images

     राजेश पराजुली, पोखरा । नेकपा एमाले गण्डकीको इञ्चार्जको जिम्मेवारी नेता किरण गुरुङले पाएका छन् । आज बसेको पार्टीको सचिवालय बैठकले किरणलाई गण्डकीको इञ्चार्ज बनाएको हो ।

    images
    images
    images

    गण्डकीमा यसअघि पार्टी सचिव गोकर्ण बिष्ट इञ्चार्ज थिए । सचिव बिष्ट दोहोरो जिम्मेवारीमा पर्ने भएकाले प्रदेश इञ्चार्जबाट हटाइएको हो । तनहुँ निवासी गुरुङ गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्रीसमेत हुन् ।

    images
    images
    images

    बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्टबाहेक अरु प्रदेश इञ्चार्ज फेर्ने निर्णय गरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इञ्चार्ज रहेका छन् । बाँकी प्रदेशमा इञ्चार्ज फेरिएका हुन् ।

    images
    images

    जसअनुसार कोशीकोमा पूर्व मुख्यमन्त्री शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।

    यसअघि कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराललाई बढुवा गरेर उपाध्यक्ष मनोनित गरिएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # किरण गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।