Logo

२०८३, कार्तिक २७गते


images
images

केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु

केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु

images
  • केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु
    images

    काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा हालसम्म ४५ जनाको ज्यान गएको छ । केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयले ३६ जनाको शव पहिरो गएकै स्थानमा र ९ जनाको शव चलियार नदीले बगाएर मालाप्पुरम जिल्लामा भेटिएको बताएको छ । पहिरोमा परेकाहरूको उद्धार र खोजीकार्य जारी रहेको छ । तर पुलहरू भत्केको र ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको छ ।

    images
    images
    images

    प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको एकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले ७० जना घाइतेको उपचार भइरहेको र १०१ जनाको उद्धार गरिएको बताएकी छन् ।

    images
    images

    भीषण पहिरोले केरलाका चार वटा गाउँ प्रभावित भएका छन् । स्थानीयले फरक फरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ ।

    भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय बन्द गरिएको छ ।भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरलामा भीषण पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।