Logo

२०८३, श्रावण २७गते


images
images

पर्यटन

नेपालकै पहिलो पर्यटकिय गाउँ सिरुवारी

नेपालकै पहिलो पर्यटकिय गाउँ सिरुवारी

images
  • नेपालकै पहिलो पर्यटकिय गाउँ सिरुवारी
    images
    images

    रमणीय पर्यटकीय स्थल । मनै लोभ्याउने हरियाली दृश्यहरु । आन्तिरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तब्य । साबिक पञ्चमूल गाविस, हालको आँधीखोला गाउँपालिका वडा नं १, सिरुवारी चिटिक्क परेको मनमोहक ठाउँ हो । समुद्री सतहबाट १ हजार ६ सय १० मीटर उचाईमा रहेको सिरुवारीको मुख्य विशेषता भनेको त्यहाँ मिलेर बसेको गुरुङ बस्ती हो । ग्रामीण पर्यटनको अनुपम उदाहरण बनेको सिरुवारी प्राकृतिक दृश्य र संस्कारले भरिपूर्ण गन्तब्य स्थल हो । 

    images
    images
    images

    पर्यटन क्षेत्रमा होमस्टे सञ्चालनका लागि देश कै अग्रणी र नमूना गाउँका रूपमा स्थापित सिरुवारी आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि प्रख्यात छ । यो गाउँ पर्यटकहरुका लागि मात्र नभई होमस्टे सञ्चालन गर्न चाहनेहरुको लागि पनि अध्ययनको सामग्रि अनि खुल्ला किताव हो । 

    images
    images
    images

    बुटवल-पोखरा सडकखण्डको नागडाँडा भन्ने स्थानबाट गाडि चढेपछि करिव २ घण्टाको समयमा सिरुवारी पुगिन्छ । अन्य स्थानबाट समेत त्यहाँ पुग्न सकिने भएपनि बर्षातको समयमा पनि यो सडक हुँदै त्यहाँ पुग्न सकिने भएकाले पछिल्लो समयमा पर्यटकहरुले यहि रुटलाई बढि रुचाउने गरेका छन् । सिरुवारी पुगिसकेपछि त्यहाँ पाईने आत्मियता, सम्मान र पारिवारीक वातावरण सम्झन लायक रहन्छ । स्वागतद्धारमै फुलमाला र बाजागाजा सहित पर्यटकलाई स्वागत गर्न आइपुग्ने यहाँको अतिथि सत्कारको परम्परा बेजोडको छ । कलात्मक ढंगले ढ्ङ्गाबाट निर्मित बाटो र सिँडी, परम्परागत रुपले ढुङ्गाबाटै छाइएका यहाँका घरहरुले जो कोहिलाई फरक अनुभुति दिनेगर्छ । ढुङ्गाको सिँढी चडेर माथि पुगिसकेपछि सिरुवारी डाँडामा राखिएको भ्यु टावरबाट देखिने दृश्यले जो कसैको पनि मन लोभ्याउने गर्दछ । गाउँदेखि पारीपट्टी लेकमा बार्दली सहितका ढुङ्गाले बनाइएका घरहरू, हरिया डाँडा, माथिमाथिसम्म पनि गुडेरै जान मिल्ने सडक हेर्दा लाग्छ, यो एउटा कोरिएको चित्र हो, जुन कला सिरुवारीले कोरेको छ । 

    images
    images
    images

    गोलो आकारमा कतैबाट टपक्क टिपेर ल्याएर राखिएकोजस्तो देखिने सिरुवारीको गुरुङ्ग बस्ती २०५४ साल असोज २२ गते होमस्टेमा परिणत भएको हो । सुरुवाती समयमा ३९ घर मध्ये २३ घरबाट यसको सुरुवात गरियो । ७० जनासम्म पर्यटक राख्न सक्ने क्षमताबाट सुरुवात भएको सिरुवारी होमस्टेमा अहिले एकैपटकमा १ सय ७० जनासम्म पर्यटकहरु बस्न सक्छन् । अहिले ४४ घर रहेको सिरुवारीमा २२ घरमा पर्यटकहरु राखिन्छ । 
     

    वि.सं. १९८७ साल भदौ १२ गते यसै ठाउँमा जन्मिएका रुद्रमान गुरुङ सिरुवारी होमस्टेका परिकल्पनाकार हुन् । २०४८ सालमा प्रातिनिधिसभाको चुनाव जितेर सांसद बनेका गुरुङ्गले स्थानीयस्तरमा विभिन्न पूर्वाधार विकासको काम गरे । यहाँको विकासमा गुरुङ्गको भुमिका अतुलनिय रहेको सिरुवारी होमस्टेकी सचिब सुनिता गुरुङ्गले बताईन् । उनले भनिन् ‘बाटो र बिजुली यस्तो हुँदो रहेछ भनेर यहाँका बासिन्दाले गुरुङ्ग सांसद भएपछि नै देख्न पाएका हुन् ।’ भारतीय सेनाका क्याप्टेनबाट रिटायर्ड भएका स्वर्गिय रुद्रमानको होमस्टेकोबिच भागमा निर्मिन अर्धकदको शालिकले पनि यो कुराको पुष्टि गर्नेगर्छ । 

    गोलो आकारमा कतैबाट टपक्क टिपेर ल्याएर राखिएकोजस्तो देखिने सिरुवारीको गुरुङ्ग बस्ती २०५४ साल असोज २२ गते होमस्टेमा परिणत भएको हो । सुरुवाती समयमा ३९ घर मध्ये २३ घरबाट यसको सुरुवात गरियो । ७० जनासम्म पर्यटक राख्न सक्ने क्षमताबाट सुरुवात भएको सिरुवारी होमस्टेमा अहिले एकैपटकमा १ सय ७० जनासम्म पर्यटकहरु बस्न सक्छन् । अहिले ४४ घर रहेको सिरुवारीमा २२ घरमा पर्यटकहरु राखिन्छ । 
     
    क्याप्टेन रूद्रमान नेपालमा सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटनको शुभारम्भ गर्ने अग्रणी व्यक्ति हुन् । अनि सिरुवारी दक्षिण एसियाकै पहिलो होमस्टे । सिरुवारीले पर्यटक र पाहुनालाई शहरका तीनतारे होटल, ठूलाठूला रेष्टुराँ र लजहरुमा नभएर नेपाली संस्कृतिमा रमाउन सिकाउने गरेको छ । गाउँले भान्सामा गाउँमै फलेका अर्गानिक हरिया फलफूल, तरकारी अनि गाउँले उत्पादनलाई प्रबद्र्धन गर्नुपर्छ भन्ने यहाँको मान्यताले यसको गरिमालाई थप बढाएको छ । त्यसैले त सिरुवारी होम स्टे स्ंचालन भएको ३ बर्षमै देशको पहिलो नमुना पर्यटकिय गाउँ समेत बन्न सफल भयो । 

    सिरुवारी होमस्टेमा आचारसंहिता लागू छ । मिठो खाना र आत्मीय व्यवहार सिरुबारीका विशेषता हुन् । यस ठाउँमा घुम्न आउनलाई पहिले नै बुकिङ गर्नुपर्छ । अरु दिन भन्दा शुक्रबारका दिन  यहाँ असाध्यै भीडभाड हुने गर्दछ । साँझ पाँच बजे भित्र १५ जना भन्दा बढिको समूहमा आउने पर्यटकलाई होमस्टेमा पञ्चे बाजा सहित फूल मालाले स्वागत गर्ने गरिन्छ । 

    २६ वर्ष देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको सिरुवारी होमस्टेलाई अबको पुस्ताले भने कसरी निरन्तरता दिने हो ? त्यो भने बिचारणिय बनेको छ । केहिबर्ष यता चाडपर्वमा बाहेक युवा पुस्ता गाउँमा देखिदैन । पछिल्लो समय सिरुवारीमा नदेखिने युवा पुस्ताले पनि यो प्रश्नलाई पुष्टि गर्नेगरेको छ । 

    जयसिंहे राजा र हेमरती रानीको कथासंग जोडिएको ऐतिहासिक सांस्कृतिक पहिचान सहितको सोरठी गीत र नृत्यलाई यस होमस्टेमा देख्न र झुम्न पाइन्छ । २६ वर्ष देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको सिरुवारी होमस्टेलाई अबको पुस्ताले भने कसरी निरन्तरता दिने हो ? त्यो भने बिचारणिय बनेको छ । केहिबर्ष यता चाडपर्वमा बाहेक युवा पुस्ता गाउँमा देखिदैन । पछिल्लो समय सिरुवारीमा नदेखिने युवा पुस्ताले पनि यो प्रश्नलाई पुष्टि गर्नेगरेको छ । 

    युवा पुस्ताको उपस्थिती गाउँमा पातलिन थालेपछि यसप्रति होमस्टे संचालक टिम पनि सचेत देखिन्छ । त्यसैले पछिल्लो समय यो समस्यालाई मध्यनजर गर्दै आँफुहरुले पढ्नका लागि र रोजगारीका लागि बाहिरीएका युवाहरुलाई गाउँ फर्क अभियान चलाउँदै आएको होमस्टेकी सचिब गुरुङले बताइन् । आँफुहरुका बाउबाजेले अंगाल्दै आएको यो पेशा, संस्कृतिलाई जोगाउने स्थानीय युवा समीर गुरुङ्गले समेत बताए । यसरी गुरुङ जीवनशैलीको जीवन्त चित्रणको अध्ययन र अवलोकन गर्न पाइने सिरुवारी होमस्टेले अहिले जसरी पर्यटक र पाहुनाहरुको नजरा तानिरहेको छ, त्यसरीनै भविष्यमा पनि यसको महत्व र गरिमा थप बढ्दै जान जरुरी छ । त्यसका लागि यहाँका सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।