Logo

२०८३, कार्तिक २७गते


images
images

आज विश्व बाघ दिवस मनाइँदै

आज विश्व बाघ दिवस मनाइँदै

images
  • आज विश्व बाघ दिवस मनाइँदै
    images

    राजेश पराजुली, पोखरा । आज विश्व बाघ दिवस । सन २०१० देखि नेपाले पनि अन्तर्राष्ट्रिय स्तरमा बाघ दिवस मनाउँदै आएको छ । ‘अब चाहीँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नाराका साथ आज विश्व बाघ दिवस मनाइँदै छ । करिब सय वर्ष अघि विश्वमा बाघको सङ्ख्या एक लाखको हाराहारीमा थियो ।

    images
    images
    images

    एक दशक अघिसम्म बाघको सङ्ख्या तीन हजार दुई सयमा सीमित भएपछि विश्वमा यसको सङ्ख्या दोब्बर बनाउने लक्ष्यसहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो ।

    images
    images
    images

    सोहीअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको छ । नेपालमा बाघको सङ्ख्या तीन सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा सङ्ख्या दोब्बर बनाउन गरेको सङ्कल्प पनि पूरा गरेको हो । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । त्यहाँ एक सय २८ वटा बाघ छन् ।

    images
    images

    यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ छन् । । गत वर्ष मङ्सिर १९ गते सुरु भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

    पछिल्ला वर्षमा नेपालमा बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ तर बाघ संरक्षणको चुनौती पनि कम छैन । बाघको प्रभावकारी व्यवस्थापन गर्न नसके मानव–बाघ द्वन्द्व बढ्ने अर्को जोखिम पनि उत्तिकै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व बाघ दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।