Logo

२०८३, श्रावण २७गते


images
images

मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा करशिक्षा तथा अन्तरक्रिया

मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा करशिक्षा तथा अन्तरक्रिया

images
  • मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा करशिक्षा तथा अन्तरक्रिया
    images
    images

    बुटवल  ।  मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा आफ्ना व्यवसायी सदस्यहरुलाई करशिक्षा तथा आ.व. २०८१÷८२ को मदिरा करनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ ।

    images
    images
    images

    मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हिमालय भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देहीका पूर्व अध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले करशिक्षा तथा अन्तरक्रियाले व्यवसायीलाई आफ्नो व्यवसायमा सहजता प्रदान गर्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा नेपाल अडिटर्स एशोसियसन रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेल र सिए महेश घिमिरेले पान तथा भ्याट सम्बन्धी प्रशिक्षण दिएका थिए भने आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत गौरव पाण्डेले व्यवसायीहरुलाई करसम्बन्धी प्रशिक्षण दिएको मदिरा व्यवसायी संघ रुपन्देहीका कार्यालय सचिव कमल केसीले बताए ।

    कार्यक्रममा १ सय ५० जना व्यवसायी सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा महासंघका केन्द्रीय सल्लाहकार तथा रुपन्देही सल्लाहकार दिनेश प्रसाद श्रेष्ठ, मदिरा व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार गिरीराज पौडेललगायतको सहभागिता रहेको थियो ।

    संघका रुपन्देही कार्यसमिति सदस्य बिमल पाण्डेको कार्यक्रम संयोजकत्वमा प्रथम उपाध्यक्ष बाबुराम ज्ञवालीको स्वागत मन्तव्यमा भएको कार्यक्रममा महासचिव बाबुराम खनालले कार्यक्रमको सञ्चबलन गरेका थिए ।

    त्यस्तैगरी मदिरा व्यवसायी संघ रुपन्देही व्यवसायसंगै सामाजिक सेवामा समेत विभिन्न कार्यहरु गर्दै आएको छ । संघले वार्षिक कार्ययोजना अन्तर्गत रक्तदान, खाद्यान्न सहयोग, वृक्षरोपणलगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मदिरा व्यवसायी संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।