Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

images
  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ
    images
    images

    देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले  शपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराए ।

    images
    images
    images

    शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

    images
    images
    images

    नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

    images
    images
    images

    प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित आचार्यलाई संविधानको धारा १६८ को उपधार २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    ८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

    एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुने चर्चाका बिच पार्टी केन्द्रले आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि अन्तिम समयमा आएर आचार्यले बाजी मारेका थिए ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।