Logo

२०८३, आश्विन ११गते


images
images

सेफ्टी ट्याङ्कीमा खसेर नवलपरासीमा ६ वर्षिय बालकको मृत्यु

सेफ्टी ट्याङ्कीमा खसेर नवलपरासीमा ६ वर्षिय बालकको मृत्यु

images
  • सेफ्टी ट्याङ्कीमा खसेर नवलपरासीमा ६ वर्षिय बालकको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सेफ्टी ट्याङ्कीमा खसेर ६ वर्षिय बालकको मृत्यु भएको छ । एकतले घरको कोठामा खेल्ने क्रममा शनिबार दिउँसो २ बजे झ्यालबाट तल झरि सेफ्टी ट्याङ्कीभित्र खस्न पुगेका बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

    images
    images
    images

    सेफ्टी ट्याङ्कीभित्र खसेका बालकलाई तत्काल उद्धार गरि उपचारको लागि भारतको महराजगन्जस्थित निचलौल सामुदायिक अस्पताल लगेकोमा चिकित्सकले शनिबार दिउँसो १४:३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । 

    images
    images
    images

    प्रतापपुर १ सिसहानिया बस्ने बालक राज प्याकुरेल शुक्रबार बाबा-आमासंगै प्रतापपुर ५ बसहियास्थित मामा घर आएका थिए । 

    images
    images
    images

    घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेफ्टी ट्याङ्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।