नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित एक कस्मेटिक पसलमा आगलागी हुँदा एक लाख ५० हजार बराबरको क्षति भएको छ । शनिबार दिनको १२:०० सुरू भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहोराले जानकारी दिए ।
सुस्ता गाउँपालिका वडा नं ५ रतनगंज बस्ने सावित्रीदेवी तेलीको जस्ताको छानो भएको १ तले पक्की घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
पसलमा रहेका अधिकांश कस्मेटिक सामान आगलागीमा जलेर नष्ट भएको र कुनै मानविय र चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology