Logo

२०८३, कार्तिक २७गते


images
images

सिमलताल दुर्घटना : १५ शव भेटिए

सिमलताल दुर्घटना : १५ शव भेटिए

images
  • सिमलताल दुर्घटना : १५ शव भेटिए
    images

    चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।

    images
    images
    images

    नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको उत्खनन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

    images
    images

    उक्त शव सिमलताल बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै  भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।

    योसँगै हालसम्म १५ यात्रुको शव फेला परेको छ भने ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

    सिमलताल दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक ब्यारेजमा भेटिन थालेकाले सो क्षेत्रमा खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

    दुईवटा बसमा ६५ जना यात्रु रहेकोमा तीन जना पौडिएर निस्किन सफल भएका थिए ।

    तीनवटै सुरक्षा निकायले त्रिशूलीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजीलाई आज पनि निरन्तरता दिइरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिमलताल दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।