Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज भदौ २ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज भदौ २ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज भदौ २ गते बुधबार, श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ भदौ २ गते बुधबार । तदनुसार १८ अगस्ट २०२१ । श्री कृष्णजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images


    आजको राशिफल: 

    images
    images
    images

    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्य करुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।

    images
    images
    images


    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ ।


    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुरा काट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन ।


    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभ हुने दिन रहेको छ । 


    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।


    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    उत्तम वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।


    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।


    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    धन लाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ । 


    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।


    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।


    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    आँटेको काम पुरा हुनेछैन् । परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।


    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    धन आर्जन गर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् ।


    ज्योतिष तथा वास्तु परामर्शको लागि :- कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।