Logo

२०८३, कार्तिक २७गते


images
images

डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’को पोस्टर सार्वजनिक

डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’को पोस्टर सार्वजनिक

images
  • सेतोमसी सहकर्मी
  • डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’को पोस्टर सार्वजनिक
    images

    काठमाडौँ । डकुमेन्ट्री सर्ट फिल्म 'लापत्ता सन्तान' को पोस्टर सार्वजनिक गरिएको छ। रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित कथालाई प्रस्तुत गरेको र यसले आफ्ना हराएका सन्तानको खोजीमा निस्केका अभिभावकहरूको हृदयविदारक भावनात्मक संघर्षलाई उजागर गरेको पोस्टरबाट अनुमार्गित सकिन्छ। यो त पोस्टरवाट अनुमान गरिएको कुरा भयो ।

    images
    images
    images

    तर, फिल्म निर्माण टिमले के विषयमा प्रोजेक्ट वनाएको छ सार्वजनिक गरेको छैन। निर्देशक ज्ञवालीले विभिन्न कारण आस्रम पुगेका वुवा आमा र सन्तानको कथा उठान गरिएको संकेत गरे। तथापि ‘लापत्ता सन्तान' को टिजर केही दिनपछी सार्वजनिक गरेर थप रहस्य खोल्ने निर्माण टिमको तयारी छ।

    images
    images
    images

    पोस्टरमा प्रमुख कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, र मनिष पी निरौला देख्न सकिन्छ। निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको फिल्मको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् ।

    images
    images

    निर्देशक ज्ञवालीले केही वर्षदेखि डकुमेन्ट्री, डकुमेन्ट्री सर्ट फिल्म, र म्युजिक भिडियो निर्माण गर्दै आएका छन्। उनको पटकथा र निर्देशनमा बनेको 'रित्तो गाउँ' नामक डकुमेन्ट्री सर्ट फिल्मलाई त्रिभुवन विश्वविद्यालयको अध्ययननमा केन्द्रित रहेर तयार पारिएको थियो ।

    'रित्तो गाउँ' विशेष शो र फेस्टिवलहरूको लागि लक्षित गरिएको हुँदा अहिलेसम्म युट्युबमा सार्वजनिक गरिएको छैन। ज्ञवालीले यसअघि 'डार्क मुन', 'एक लभर', 'आराध्या', र 'हनिमुन' जस्ता सर्ट फिल्महरू पनि निर्माण गरिसकेका छन् भने निर्देशन यात्रा थाल्नुअघि उनी लामो समय पत्रकारितामा सक्रिय थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।