Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनीको राजधानी क्षेत्रमा डुबान, जलमग्न भए मन्त्रालय

लुम्बिनीको राजधानी क्षेत्रमा डुबान, जलमग्न भए मन्त्रालय

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनीको राजधानी क्षेत्रमा डुबान,  जलमग्न भए मन्त्रालय
    images

    दाङ । दाङमा गएराती देखि परेकाे भिषण बर्षापछि आएकाे बाढी बस्तीमा पस्न थालेकाे छ । लगातारको बर्षाका कारण दाङकाे देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन् ।

    images
    images
    images

    ढल निकास अबरुद्ध हुँदा मन्त्रालय जलमग्न भएका छ ।

    images
    images
    images

    राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ । बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

    images
    images

    सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् । लगातार पानी परिरहेकाले स्थानीय खहरे खाेलामा जलसतह बढेकाे छ।

    यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँकाे भवन पनि डुबानमा परेकाे छ। कार्यालयकाे सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।

    यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएकाे छ।  नदी तटीय क्षेत्रमा डुबान र कटानकाे जाेखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ।

    राप्ती नदिले बगाउदा एक जना बेपत्ता

    देउखुरीमा राप्ती नदीकाे बाढीले एक जनालाई बगाएकाे छ । लमही नगरपालिका-७, हस्नापुर स्थित राप्ती नदिकाे बाढीमा फसेका मध्ये दुई जनाकाे सकुशल उद्दार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा वेपत्ता भएका छन् । राजपुर गाउँपालिका-२ का किसान दुध विक्री गर्न लमही आएकाे र फर्किने क्रममा राप्ती नदीकाे बाढीमा फसेका थिए ।

    तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएकाे र दुई जना सिमलकाे रुखमा चढेर सुरक्षित बसेका थिए । नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेकाे प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए । राजपुर-२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवकाे उद्धार गरिएको छ ।

    उनीहरु संगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।