Logo

२०८३, कार्तिक २७गते


images
images

प्रदेश सांसद रज्जाकद्वारा निर्वाचन क्षेत्रका विकास कार्यको अवलोकन

प्रदेश सांसद रज्जाकद्वारा निर्वाचन क्षेत्रका विकास कार्यको अवलोकन

images
  • सेतोमसी सहकर्मी
  • प्रदेश सांसद रज्जाकद्वारा निर्वाचन क्षेत्रका विकास कार्यको अवलोकन
    images

    देवदह । रूपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले आफ्नाे निर्वाचन क्षेत्रमा भइरहेकाे विकास निर्माण कार्यहरूकाे अवलाेकन गरेका छन् । शुक्रबार चरङ्गे पुगेका उनले प्रदेश सरकारकाे बजेटबाट निर्माण सम्पन्न भएकाे र निर्माणकाे चरणमा रहेका याेजनाहरूकाे अवलाेकन गरेका हुन् ।

    images
    images
    images

    साे क्रममा बाेल्दै नेता रज्जाकले विकास निरन्तर चल्ने प्रक्रिया भएका कारण क्रमश विकास हुँदै जाने बताए । उनले यस क्षेत्रकाे प्रमुख समस्या नदी कटान भएकाे उल्लेख गर्दै तटबन्धनकाे कामलाई निरन्तरता दिनु पर्नेमा जाेड दिए । आफू निर्वाचित भइसकेपछि सडक, पुल, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे उनकाे भनाइ छ ।

    images
    images
    images

    रूपन्देहीकाे देवदह-१० मा भएका विकासबारे सांसद रज्जाकलाई जानकारी गराउँदै वडा अध्यक्ष यकबहादुर सुनारले वडालकाे साैन्दर्यकणकाे काममा लागि रहेको बताए । बुटवलसंग सिमाना जोडिएको चरङ्गे चोकदेखि झन्डै तीन किलोमिटर सडकको दुबैतर्फ अफ्रिकन टुलिप, स्वामी, गुलमोहर लगायतका विरूवा राेपिएकाे जानकारी गराए ।

    images
    images

    निरीक्षण कार्यमा देवदहका पुर्व नगर प्रमुख हिरा बहादुर खत्री, वडा सदस्यहरू अमर लामिछाने, भविलाल थापा, रेनु आले मगर, कमला दर्जीसहित स्थानीय अगुवाको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदेश सांसद रज्जाक
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।