Logo

२०८३, कार्तिक २७गते


images
images

कांग्रेस एमालेको सहमतिमा के छ ?

कांग्रेस एमालेको सहमतिमा के छ ?

images
  • सेतोमसी सहकर्मी
  • कांग्रेस एमालेको सहमतिमा के छ ?
    images

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन भइरहेको कसरतले सोमबार साँझ मूर्तरुप लिएको छ । 

    images
    images
    images

    दुई ठूला दलहरु कांग्रेसएमालेबीच सहमतिका लागि दोस्रो तहका नेताहरु ललितपुरको होटल भिभान्तामा संवादमा थिए । एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिको मस्यौदा तयार पारेका हुन् । 

    images
    images
    images

    कांग्रेस र एमालेबीच भएको सहमति अनुसार, एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्टिय सहमतिको सरकार बन्नेछ । जुन सरकारमा एमालेले प्रधानमन्त्री र अर्थमन्त्रीसहित १० मन्त्रालय पाउने छ भने कांग्रेस गृहमन्त्रीको नेतृत्वमा ११ मन्त्रालयसहित सरकारमा जानेछ । 

    images
    images

    नयाँ सरकारको मुख्य उद्देश्य संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरु लोसपा रराप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । 

    सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोशी, लुम्बिनी र कर्णाली पाउने छ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।

    दुई दल संविधान संशोधन गरेर निर्वाचन प्रणाली संशोधन गर्न सहमत भएका छन् । त्यसका लागि पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बनाउने तयारी छ । त्यस्तै, संविधान संशोधनमा स्थानीय तहको संख्या घटाएर वडाको संख्या बढाउने, प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने लगायतका समझदारी भएका छन् ।

    त्यस्तै, प्रदेशको संख्यामा पनि पुनरवलोकन गर्ने र राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयसमेत समावेश हुने भनिएको छ । राष्ट्रियसभा १०० सिटको बनाउने र पूर्ण समानुपातिक हुने र  प्रतिनिधिसभा २४० वा २०५ सदस्यीय बनाई प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा २०५ वा बढीमा २४० सदस्यीय बनाउने समझदारी बनेको छ । 

    सहमतिको मस्यौदामा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गर्न बाँकी नै छ । तर, नयाँ सरकारको सहमतिमा दुई नेताले एक व्यवसायीको घरमा हस्ताक्षर गर्दैछन् । त्यसका लागि देउवा र ओली निवासबाट निस्किसकेका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।