Logo

२०८३, कार्तिक २७गते


images
images

प्रचण्ड सरकार नढल्ने, प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच पाँचबुँदे सहमति

प्रचण्ड सरकार नढल्ने, प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच पाँचबुँदे सहमति

images
  • सेतोमसी सहकर्मी
  • प्रचण्ड सरकार नढल्ने, प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच पाँचबुँदे सहमति
    फाइल फोटो
    images

    काठमाडौं । पछिल्लो ४८ घण्टादेखि चलिरहेको राजनीतिक तरङ्गलाई अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धन नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचबुँदे निष्कर्षमा सहमति जनाएका छन् ।

    images
    images
    images

    यद्यपि दुई नेताका बीचमा कुनै हस्ताक्षर भने भएको छैन । आज विहानदेखि बालुवाटारमा बसेको चार घण्टा लामो छलफलपछि सत्ता गठबन्धनलाई कायमै राख्ने बिषयमा दुई नेताका बीचमा सहमति भएको हो ।

    images
    images
    images

    सरकार ढल्छ र कांग्रेस एमालेका बीचमा नयाँ सहमति बनिसक्यो भनेर चर्चा र हल्ला भइरहेको बेला दुई नेताका बीचमा गठबन्धनलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    images
    images

    आजको छलफलपछि दुई नेताबीचमा भएको सहमती अनुसार सत्ता गठबन्धनलाई थप मजबुत पार्ने, भ्रष्टाचार विरुद्धको कारवाहीलाई थप शसक्त बनाउने, सरकारका काम कारवाहीलाई प्रभावकारी र पारदर्शी बनाउने, राष्ट्रिय मुद्दाहरुमा प्रमुख प्रतिपक्ष दलसहित फराकिलो दायरा बनाएर छलफल गर्ने निष्कर्षमा दुवै नेताले सहमति जनाएका छन् ।

    त्यस्तै, नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा पनि दुवै नेता सहमत भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड सरकार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।