लोक प्रसाद छन्त्याल, गुल्मी । मुसिकोट नगरपालिका स्थित सुदि लघु जलविद्युत १ को कुलो सफा गर्ने क्रममा भिरबाट ढुङ्गा खस्दा २ जना मजदुर घाइते भएका छन । बर्षाको कारण कुलोमा भरिएको लेदो सफा गर्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर उनिहरु घाइते भएका हुन । घाइते हुनेमा २१ बर्षका सन्दिप कुमाल र चित्र बहादुर कुमाल रहेका छन ।
घाइते सन्दिपको दाहिने खुट्टा ३ ठाउँमा भाचिएकाले वामी लुम्बिनी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागी मिसन अस्पताल पाल्पा पठाइएको छ।
शुक्रवार राती आएको भीषण बर्षाका कारण दरमखोलामा आएको बाढिले कुलोको मुहान बगाएपछि परोपकार बहुउद्देश्यीय सहकारी तथा सुदि लघुजलविद्युत परियोजना १ बाट उत्पादित करिब २ सय मेघावाट विद्युत समेत अवरुद्ध छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology