राजेश पराजुली, पोखरा । मिस एसईई गण्डकी सिजन ४ को उपाधि अपेक्षा अधिकारीले जितेकी छन् । आज भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै अधिकारीले उपाधि जितेकी हुन् ।
विजेता अधिकारीले पोखरास्थित न्यू ग्यालेक्सी स्कुलमा कक्षा १२ को अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालिद्वारा आयोजित प्रतियोगितामा सुप्रिया तिवारी फष्ट रनरअप बनेकी छन् ।
रीजा श्रेष्ठ सेकेण्ड रनरअप र एञ्जेल जैशी थर्ड रनरअप बन्न सफल भए । चाहना गुरुङले भने भ्युअर च्वाइसको उपाधि जितेकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology