Logo

२०८३, श्रावण २७गते


images
images

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
    images
    images

    राजेश पराजुली, पोखरा । टपरीमा दही चिउरा र रोटी छ । अनि पञ्चे बाजा धन्की रहेका छन् । विभिन्न असारे भाकाहरु घन्की रहेका छन् । पोखरा २३ मार्की बासी व्यस्त थिए । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव ग¥यो । त्यही रोपाई महोत्सवमा स्वदेशी र विदेशी पर्यटक रमाए ।

    images
    images
    images

    असार १५ लाई मानो खाएर मुरी रोप्ने दिन । सबै किसानहरु खेतमा धान रोप्न व्यस्त छन् । धान दिवसका अवसरमा किसानहरु खेतममा व्यस्त हुदाँ पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने । पोखरा पर्यटन परिषद्का आयोजनामा पोखरा १९ औं रोपाइ महोत्सव स्वदेशी र विदेशी पर्यटकहरु हिलोले छ्पाछ्याप गर्दै रमाए । हिलो खेल्दा विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । हिलोमा भएका विभिन्न कार्यक्रममा पर्यटकहरु रमाए ।

    images
    images
    images

    पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेती बारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पोखरा पर्यटन परिषद्ले महोत्सव आयोजना गर्दै आएको छ । खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई पेशाप्रति अभिप्रेरित महोत्सव फलदायी हुने आयोजकको दावी छ । महोत्सवले नेपालको कृषि प्रणालीका बारेमा विदेशीले जान्न पाएको र पर्यटन प्रर्वद्धनमा टेवा पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

    images
    images
    images

    यस वर्ष पोखरा २३ मार्कीमा रहेको १० रोपनी क्षेत्रफलको खेतमा महोत्सव भएको हो । परिषद्ले “पोखरा सबै मौसमका लागि” भन्ने नारा सहित हरेक वर्ष फरक–फरक ठाउँमा महोत्सव गर्दै आएको छ । पर्यटक र स्थानीयहरु हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलो माछा समाउने प्रतियोगिता, भलिबल प्रतियोगितामा भाग लिदै रमाए ।

    महोत्सवले परम्परागत रोपाई बारे नयाँ पुस्ता र पर्यटकलाई जानकारी दिएको बताउ छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई आधुनीकी करण गर्दै उत्दान गर्नुपर्ने बताए ।

    रोपाहारले हातमा धानको बीउ लिदैं हिलोमा छुपुछुपु धान रोप्दै असारे गीत गाउँदा महोत्सवस्थल नै संगीतमय बनेको थियो । त्यती मात्रै हैन् पञ्चेबाजा र लोकदोहोरी कलाकारहरुले थप रौनकता थपेका थिए । पोखरामा ११ हजार २ सय ५० हेक्टरमा रोपाई हुदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरामा रोपाई महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।