Logo

२०८३, कार्तिक २७गते


images
images

रामेछाप बस दुर्घटना चालकसहित १० जना घाइते

रामेछाप बस दुर्घटना चालकसहित १० जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • रामेछाप बस दुर्घटना चालकसहित १० जना घाइते
    images

    काठमाडौं ।  रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शुक्रबार बिहान साढे ८ बजे रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखु तामाकोसी गाउँपालिका–६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका हुन्।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको हो। गाडीमा १० जना सवार थिए। घाइतेहरूमा चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका–५ का ४२ वर्षीय दीपक श्रेष्ठ छन्।

    images
    images
    images

    घाइते यात्रुहरू सबै रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ का स्थानीय छन्। घाइते यात्रुमा २१ वर्षीया सविना श्रेष्ठ, उनकी छोरी १ वर्षीया सुजता, ४२ वर्षीय साबित्रा घिमिरे, ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीया शंककुमारी तामाङ र ४१ वर्षीया सकुन्तला श्रेष्ठ छन्।

    images
    images

    घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल मन्थली लगिएको उनले जानकारी दिए। सडकबाट खसेको बस रूखमा अडकिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।