Logo

२०८३, कार्तिक २७गते


images
images

१९ औ पोखरा रोपाई महोत्सव फेवाफाँटमा, तयारी अन्तिम चरणमा

१९ औ पोखरा रोपाई महोत्सव फेवाफाँटमा, तयारी अन्तिम चरणमा

images
  • सेतोमसी सहकर्मी
  • १९ औ पोखरा रोपाई महोत्सव फेवाफाँटमा, तयारी अन्तिम चरणमा
    images

    राजेश पराजुली, पोखरा । पोखरा,। पोखराको पर्यटन प्रबद्धन गर्ने उद्देश्यले हुदै आएको १९ औं रोपाई महोत्सव पोखरा महानगरपालिका वडा नम्बर २३ फेवाफाँटमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा करिब दुई दशक अगाडीबाट हुँदै आएको असारे रोपाईं महोत्सब पोखरा २३ मार्कीमा हुन लागेको हो ।

    images
    images
    images

    महोत्सबमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौड सहित मनोरञ्जन लिन स्वदेशी र बिदेशी पर्यटकहरुको सहभागिता रहने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । रोपाइ महोत्सवमा करिब १० हजार भन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

    images
    images
    images

    हिले दौड प्रतियोगिता अन्तर्गत स्वदेशी र बिदेशी पर्यटकहरुको महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता हुने छन् । पोखराको लेकसाइडबाट खहरे हुँदै पामे नजिक पुगेपछि दक्षिण तर्फ लागेपछि फेवाफाँटको मार्गीतर्फ पुगिन्छ । तिब्र शहरीकरणका कारण मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग गरिँदै आएको धान खेती विगतका केही समय यता खस्कँदै गरेले नयाँ पुस्तालाई धान खेती प्रणाली देखाउन पनि महोत्सव गर्दै आएको उनले बताए ।

    images
    images

    पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा हृास आईरहेको छ । खेती योग्य जमिनसंगै सिमसार, रामसार क्षेत्रको संरक्षण प्राकृतिक पोखराको सौन्दर्यलाई जोगाउन चुनौती वन्दै गईरहेको छ ।

    यसको जगेर्नाको लागि सन्देश दिन पनि पोखरा पर्यटन परिषदले विगतमा जस्तै यस बर्ष असारे रोपाइँ महोत्सव आयोजना निरन्तरता दिएको उनको भनाई छ । रोपाइ महोत्सव सम्पन्न गर्न पोखरा र्पयटन परिषदका उपाध्यक्ष तारानाथ पहारी संयोजकमा मूल ब्यबस्थापन समिति गठन गरेको छ । समितिको सह–संयोजकमा हरेराम अधिकारी र जीबनराज सापकोटा रहेका छन् ।

    महोत्सबमा गायिका समिक्षा अधिकारी र अन्य लोकप्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति रहने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।