Logo

२०८३, कार्तिक २७गते


images
images

लमजुङमा पहिरोमा परी २ जनाको ज्यान गयो, एकै परिवारका ३ जना बेपत्ता

लमजुङमा पहिरोमा परी २ जनाको ज्यान गयो, एकै परिवारका ३ जना बेपत्ता

images
  • सेतोमसी सहकर्मी
  • लमजुङमा पहिरोमा परी २ जनाको ज्यान गयो, एकै परिवारका ३ जना बेपत्ता
    images

    राजेश पराजुली, पोखरा । लमजुङमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । गएरातीदेखि परेको अविरल वर्षाले क्व्होलासोथार गाउँपालिका–३ बगुममा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा एक जनाको ज्यान गएको छ भने एकै परिवारका अन्य तीन जना बेपत्ता भएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी / सुचना अधिकारी गोर्कण राज सुयालले जानकारी दिए ।

    images
    images
    images

    पहिरोमा परी ज्यान गुमाउनेमा क्वहोलासोथार गाउँपालिकाका ६७ वर्षीय रुद्रमान गुरुङको घर पुरिदाँ उनको ज्यान गएको र उनकी बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ७ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता गुरुङ बेपत्ता रहेको सुचना अधिकारी सुयालले बताए ।

    images
    images
    images

    सुचना अधिकारी सुयालको अनुसार क्व्होलासोथारमा तीन वटा घर परिरोले पुरिएको छ ।यस्तै लमजुङको दोर्दी गाउँपालिकामा पहिरोले घर पुरिदाँ १६ वर्षीय विकल सुनारको ज्यान गएको छ ।

    images
    images

    लगातारको वषासँगै आज बिहान पौने ५ बजे पहिरो आउँदा उनीहरुको ज्यान गएको हो । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ । यद्यपि पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सुयालले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लमजुङमा पहिरो
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।