Logo

२०८३, कार्तिक २७गते


images
images

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    ओखलढुंगा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

    images
    images
    images

    चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

    images
    images
    images

    पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् ।

    images
    images

    प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको हो ।

    उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले एकतले घर र गोठ पुरिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओखलढुङ्गामा पहिरो
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।