Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज श्रावण महिनाको अन्तिम सोमबार, श्री भोलेनाथको दर्शन गरी राशिफल हेर्नुहोस

आज श्रावण महिनाको अन्तिम सोमबार, श्री भोलेनाथको दर्शन गरी राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज श्रावण महिनाको अन्तिम सोमबार, श्री भोलेनाथको दर्शन गरी राशिफल हेर्नुहोस
    images
    images

     ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ श्रावण ३२ गते सोमबार । तदनुसार १६ अगस्ट  २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    आजको पंचाङ्ग 

    images
    images
    images

    वि.सं. साउन ३२, २०७८ । ई.सं. 16 Aug, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ गुँलाथ्व । दक्षिणायन । वर्षा । सोमवार । श्रावण शुक्लपक्ष । तिथि - अष्टमी ७:१० बजेदेखि नवमी , २८:४२ बजे उप्रान्त एकादशी । नक्षत्र - अनुराधा , २७:१५ बजे उप्रान्त ज्येष्ठा । योग - ब्रह्म ७:०९ बजेदेखि ऐन्द्र , २८:०५ बजे उप्रान्त विष्कम्भ । करण - वव ७:१० बजेदेखि वालव , १७:५६ बजे उप्रान्त वणिज । चन्द्रराशि - वृश्चिक । आनन्दादि योग - मानस । दिनमान ३२।४० । सूर्योदय ५:३५ । सूर्यास्त १८:३९ । अष्टमीव्रत, गोरखकालीपूजा, यलपञ्चदान, बैतडी गुज्जर बनारसी साउने मेला समाप्ति । 

    images
    images
    images

    आजको राशिफल: 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । मानसिक भयले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउनेछ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) 
    यात्राबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मीठो कुरा खान पाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    यात्रा हुन दिन रहेको छ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) 
    काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) 
    काममा बाधा हुनेछ । शत्रुको भय हुनेछ । स्वास्थ्यमा समस्या देखिएला । परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) 
    आज रमाइलो यात्राको योग रहेको छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते) 
    मनमा असन्तोष बढ्नेछ । मनले चिताएका कामहरु पुरा हुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    स्वास्थ्य राम्रो रहनेछ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) 
    मानसिक तथा शारीरिक समस्याले सताउनेछ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्नेछ । शत्रुपक्ष वलवान हुनेछन । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)  
    धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति बढ्नेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा) 
    धन प्राप्तिको योग छ । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    आज रमाइलो यात्रा हुने दिन रहेको छ । पराक्रम बढ्नेछ  । उत्तम वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।