Logo

२०८३, कार्तिक २७गते


images
images

रुप्से झरनामा पहिरोले सडक अवरुद्ध

रुप्से झरनामा पहिरोले सडक अवरुद्ध

images
  • सेतोमसी सहकर्मी
  • रुप्से झरनामा पहिरोले सडक अवरुद्ध
    images

    राजेश पराजुली, पोखरा । अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनामा गएराती आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। सडकखण्डको माथिल्लो भागबाट खसेको ढुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

    images
    images
    images

    अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गर्नुपर्ने उनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् ।

    images
    images
    images

    बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी तर्फ ठाउँठाउँमा पहिरोले बर्खाको समयमा सताउने गरेको छ। म्याग्दीखण्डको गलेश्वरदेखि घासासम्म करिब आधादर्जन ठूलो पहिरो छ । सडक विस्तार जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुप्से झरना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।